काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ। राति केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र तराईका केही स्थानमा हुस्सु रहने अनुमान गरिएको छ।
महाशाखाले हुस्सुका कारण जनजीवन, स्वास्थ्य र सडक यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
02 Jan 2026