देशभर बदलीसँगै मेघगर्जन र वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । आज देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाले जनाएको अनुसार कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा तथा अन्य भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

यस अवस्थाले विशेषगरी पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ। यात्रु तथा किसानहरूलाई पनि सम्भावित खराब मौसमका कारण सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ।

प्रतिक्रिया