नेपालभित्र सञ्चालनमा रहेका २६ बेटिङ एप बन्द, ३ लाखभन्दा बढी अवैध सट्टेबाजी डोमेन ब्लक

hitkhabar.com


काठमाडौं । नेपालभित्र सञ्चालनमा रहेका २६ वटा दर्ता भएका बेटिङ एप बन्द गरिएको छ। साथै, सबै इन्टरनेट सेवा प्रदायक (ISPs) सँगको समन्वयमा हालसम्म अवैध अनलाइन सट्टेबाजी तथा जुवासँग सम्बन्धित ३ लाख ५ हजार ६६३ वटा डोमेन लिङ्क पनि बन्द गरिएको छ।


सूचना तथा सञ्चार मन्त्रालयले डिजिटल माध्यमको दुरुपयोग नियन्त्रण गर्दै सुरक्षित, जिम्मेवार र कानुनसम्मत डिजिटल वातावरण निर्माणका लागि आफू प्रतिबद्ध रहेको जनाएको छ।


मन्त्रालयका अनुसार अवैध अनलाइन सट्टेबाजी तथा जुवासम्बन्धी गतिविधिमाथि निगरानी र नियन्त्रणलाई थप प्रभावकारी बनाइनेछ। साथै, सुरक्षित, जिम्मेवार र कानुनसम्मत डिजिटल वातावरण निर्माणका लागि आवश्यक पहललाई निरन्तर अघि बढाइने मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया