काठमाडौं । नेपाली बजारमा बुधबार (पुस २३) सुनको मूल्यमा हल्का गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार भने सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ थियो।
यता, चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँले वृद्धि भई ४ हजार ९ सय ३५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
07 Jan 2026