वीपीका विचार वर्तमान राजनीतिमा पनि उत्तिकै सान्दर्भिक : देउवा

hitkhabar.com


काठमाडौं । नेपाली कांग्रेसका पुर्वसभापति शेरबहादुर देउवाले वीपी कोइरालाको राजनीतिक विचार र योगदानलाई स्मरण गर्दै राष्ट्रिय राजनीतिमा त्यसको सान्दर्भिकताबारे धारणा राखेका छन्।

नेपाली कांग्रेस, भक्तपुरले वीपी कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘वीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले वीपी कोइरालाका विचार र राजनीतिक योगदानको चर्चा गरेका हुन्।

कार्यक्रममा उनले नेपालको लोकतान्त्रिक आन्दोलन तथा नेपाली कांग्रेसको राजनीतिक यात्रामा वीपी कोइरालाले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै वर्तमान राजनीतिक सन्दर्भमा पनि वीपीका विचारलाई अध्ययन र आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्।

वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वीपी कोइरालाको राजनीतिक दर्शन, राष्ट्रिय राजनीति र नेपाली कांग्रेसको आगामी भूमिकाबारे समेत छलफल गरिएको थियो।

प्रतिक्रिया