काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिए पनि आजको मौसम समग्रमा खुला रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा आकाश पूर्ण रूपमा सफा छ भने अन्य प्रदेशमा आंशिक बदली देखिएको छ।
तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ। आज राति पनि देशभर मौसम प्रायः खुला रहने अनुमान गरिएको छ।
महाशाखाले तराई क्षेत्रमा देखिएको हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
23 Dec 2025