काठमाडौं । आज जुलाई ११, विश्व जनसंख्या दिवस नेपालमा पनि विविध कार्यक्रमहरूमार्फत मनाइँदैछ । प्रत्येक वर्ष यही मितिमा यो दिवस मनाइन्छ ।
सन् १९८७ को यही दिनमा विश्वको जनसंख्या ५ अर्ब पुगेको स्मरणमा ‘पपुलेशन समिट’ बाट विश्व जनसंख्या दिवस मनाउने घोषणा गरिएको थियो ।
यस वर्ष २०२५ को विश्व जनसंख्या दिवसको मूल नारा ‘मानिसहरूमा लगानीः प्रजनन् स्वास्थ्य र अधिकारलाई प्राथमिकता’ रहेको छ । यसअन्तर्गत आर्थिक अनिश्चितता, लैङ्गिक असमानता र जलवायु संकटजस्ता बहुआयामिक चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य लिइएको छ ।
यस दिवसले शिक्षा, स्वास्थ्य सेवा, र परिवार नियोजनमा सबैको समान पहुँच सुनिश्चित गर्दै विशेषगरी युवाहरूलाई सशक्त बनाउने उद्देश्य राखेको छ ।
नेपालमा पनि सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन् ।