कांग्रेसद्वारा समानुपातिक उम्मेदवारको सूची आयोगमा दर्ता

hitkhabar.com


काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलसहित पार्टीका नेताहरूले आज बिहान निर्वाचन आयोगमा पुगेर ११० जनाको सूची दर्ता गराएका हुन्।

पार्टीले यसअघि सोमबार राति सूची दर्ताका लागि निस्सा लिएको थियो। आयोगका अनुसार हालसम्म नेकपा एमालेसहित ५६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेका छन्।

कांग्रेसले यसपटकको सूचीमा युवावर्ग र लामो समयदेखि अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिएको जनाएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया