पश्चिमी वायु सक्रिय : तराईमा कुहिरो, उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको पूर्वानुमान

hitkhabar.com


काठमाडौं । देशभर अहिले पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराई क्षेत्रका धेरैजसो स्थानमा हुस्सु र कुहिरो लाग्ने अनुमान गरिएको छ भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ।

महाशाखाले जनाएअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

तराई क्षेत्रमा बिहानको समयमा हुस्सु र कुहिरो बाक्लिन सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य सेवा तथा सडक र हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाको भनाइ छ। आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया