सामुदायिक विद्यालय, स्वास्थ्य प्रवर्धन केन्द्र र वडा कार्यालयको पानी परीक्षण गर्दै काठमाडौं महानगर

hitkhabar.com


काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रमा पिउन प्रयोग हुने पानीको गुणस्तर परीक्षण गराउने भएको छ ।

सामुदायिक विद्यालयका बालबालिका, शिक्षक तथा कर्मचारी, स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा लिन आउने बिरामी तथा आफन्त र वडा कार्यालयमा प्रशासनिक सेवा लिन आउने सेवाग्राहीलाई सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यले पानीको प्रयोगशाला परीक्षण गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका फोकल पर्सन कुइँकेलका अनुसार सम्बन्धित स्थानमा प्रयोग हुने पानीको गुणस्तर परीक्षण गरिनेछ ।

उनले भने, ‘विद्यालयका बालबालिका, स्वास्थ्य र प्रशासनिक सेवा लिने सेवाग्राहीलाई सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यले परीक्षण गराउन लागेका हौँ।’

महानगरपालिकाले सामुदायिक विद्यालय, स्वास्थ्य प्रवर्धन केन्द्र र वडा कार्यालयमा प्रयोग हुने पिउने पानी सुरक्षित भए/नभएको सुनिश्चित गर्न प्रयोगशाला परीक्षण गर्न लागेको हो ।

प्रतिक्रिया