एनपीएलमा विराटनगर किङ्सको लगातार तेस्रो जित

hitkhabar.com


काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सले शानदार प्रदर्शन जारी राख्दै जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेको विराटनगरले दिएको १३६ रनको लक्ष्य रोक्न नसकेपछि जनकपुरले लगातार दोस्रो हार व्यहोर्नु परेको हो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२६ रन मात्र जोड्न सक्यो।

यो जितसँगै विराटनगरले प्रतियोगितामा लगातार तीन खेलमा विजय हात पारेको छ। यसअघि टोलीले काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सलाई समेत पराजित गर्दै शानदार लय कायम राखेको थियो।

उता, उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको जनकपुर बोल्ट्सले भने अहिलेसम्म कुनै पनि खेलमा जीत निकाल्न सकेको छैन। पहिलो खेलमा काठमाडौंसँग पराजित भएको जनकपुर दोस्रो खेलमा पनि कमजोर देखियो।

प्रतिक्रिया