काठमाडौं । टर्कीको एन्टाल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१) अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल उच्चस्तरीय मन्त्रीस्तरीय छलफलमा सहभागी भएका छन्।
मन्त्री पोखरेलले ‘एन्टाल्या कार्ययोजना प्रोटोकल : हरित शिक्षाको केन्द्रमा बालबालिका, युवा र शिक्षकहरू’ विषयक उच्चस्तरीय मन्त्रीस्तरीय उद्घाटन सत्रको समूहगत छलफलमा सहभागी हुँदै आफ्ना धारणा राखेका हुन्।
उक्त सत्रमा हरित शिक्षाको केन्द्रमा बालबालिका, युवा र शिक्षकहरूलाई राख्ने विषयमा छलफल गरिएको थियो।
For full video: https://www.youtube.com/live/1uSlvOVZUvw?si=Xae2hWcAv2RKWBev
14 Nov 2026