काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटमार्फत चुरोट, मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क वृद्धि गर्ने निर्णय गरेको छ।
बजेटअनुसार चुरोटमा लाग्ने अन्तःशुल्क १० प्रतिशतले बढाइने भएको छ। यस्तै, मदिरा र बियरमा समेत अन्तःशुल्क दर वृद्धि गर्ने व्यवस्था गरिएको सरकारले जनाएको छ।
राजस्व संकलन वृद्धि गर्नुका साथै स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तुको उपभोग नियन्त्रण गर्ने उद्देश्यले यस्तो नीति अवलम्बन गरिएको बताइएको छ। नयाँ अन्तःशुल्क दर आगामी आर्थिक वर्षदेखि लागू हुने व्यवस्था गरिएको छ।
29 May 2026