आज देशभर मौसम सफा रहने

hitkhabar.com


काठमाडौं । आज देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै, आज राती पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहन सक्नेछ भने बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ।

प्रतिक्रिया