तराईमा हुस्सु–कुहिरो, पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । देशभर हाल पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

यस्तै, कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रका धेरै स्थानमा भने दिनभर हुस्सु कायम रहने जनाइएको छ।

मौसम पूर्वानुमान महाशाखाले हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया