सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ रहेको थियो।

त्यस्तै, आज सुनको मूल्य १० ग्राममा २ लाख ३३ हजार १९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६५० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, आज चाँदीको मूल्य १० ग्राममा ३ हजार १३० रुपैयाँ रहेको महासंघले जनाएको छ।

प्रतिक्रिया