परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिवको भेट

hitkhabar.com


काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्रीले आज परराष्ट्र मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ।

भेटका क्रममा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।

सो अवसरमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र साझेदारीका विभिन्न पक्षबारे समेत विचारविमर्श भएको जनाइएको छ।

प्रतिक्रिया