काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव देखिएको छ। यसको असरका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी इलाकामा आंशिक बदली रहन सक्नेछ भने बाँकी भूभागमा मौसम खुला रहने अनुमान गरिएको छ। आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही स्थानमा बदली देखिन सक्ने र अन्य क्षेत्रहरूमा मौसम मुख्यतः सफा रहने जनाएको छ।
14 Dec 2025