काठमाडौं। नयाँ आर्थिक वर्षको दोस्रो दिन शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो। यसअघि प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९२ हजार ५ सय रुपैयाँमा पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको देखिएको छ। आज चाँदी तोलामा १५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ।
18 Jul 2025