पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा मौसम सफा

hitkhabar.com


काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण देशभर मौसममा आंशिक परिवर्तन देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागसहित बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहने जनाइएको छ।

त्यस्तै, कोशी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

मौसमविद्हरूले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन्।

प्रतिक्रिया