नेम्वाङको शव पार्टी कार्यालयबाट निवासमा सारियो

Sharing is caring!

भदौ २७, २०८० । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ ।

बुधबार उनका छोराहरु पनि नेपाल आइपुगेपछि आज दिउसो उनको शव बालुवाटरस्थित घरमा लगिएको हो ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिनभरि र बुधबार बिहान ९ देखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिएको नेम्वाङको शव बुधबार दिउँसो बालुवाटारस्थित निवासमा लगिएको हो ।

निवासमा पारिवारिक तथा धार्मिक संस्कार अनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । सपरिवार बेलायतमा बसोबास गर्दै आएका नेम्वाङका जेठा छोरा र अष्ट्रेलिया भ्रमणमा गएका कान्छा छोरा फर्किएसंगै नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।

बिहीबार सरकारले सार्वजनिक बिदा पनि दिएको छ । नेम्वाङका दुई छोरा र दुई छोरी छन् । छोरीहरू भने काठमाडौंमा नेम्वाङसँगै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *