लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुन् : राष्ट्रपति पौडेल

Sharing is caring!

वैशाख २७, २०८१ । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताएका छन् ।
बिहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)द्वारा आयोजित कार्यक्रमको उदघाटन गर्दै राष्ट्रपति पौडेलले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गरे ।

उनले भने,‘मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोको रुपमा पनि लिन सकेका छौं, हरबखत् चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखापरीक्षकको उच्चतम धर्म हो, आफ्नो कर्ममा धर्म नबिर्सनु नै न्याय हो, तसर्थ, न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ ।’

लेखापरीक्षकहरुको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरूमा पारदर्शिता कायम गर्न योगदान पुगेको विश्वास व्यक्त गर्दै उनले सम्बन्धित निकायलाई पारदर्शी र जवाफदेही बनाउन चार्टर्ड एकाउण्टेण्टको विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।

‘कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शिता हो, देशको आर्थिक विकास र राजस्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुन्छ, विकास निर्माणका ठूलो खर्चमा प्रयोग हुन सक्ने फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखापरीक्षणबाटै सम्भव हुनसक्दछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *