नागरिकता ऐन कार्यान्वयन गर्न छिट्टै नियमावली ल्याउने : गृहमन्त्री श्रेष्ठ

Sharing is caring!

साउन २४, २०८० । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गराउन छिट्टै नियमावली ल्याउने बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित नेपाल नागरिकता ऐनको कार्यान्वयनको अवस्था सम्बन्धि एक अन्र्तक्रिया कार्यक्रममा गृहमन्त्री श्रेष्ठले ऐनको प्रभावकारी कार्यान्वयन गराउन समन्वयन गर्ने बताए । तर, नियमावलीमा नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरे तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने मागलाई भने संविधान र कानूनले नै नचिन्ने स्पस्ट पारे ।

उनले भने, ‘नेपाली नागरिक महिलाले विदेशी बावुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने कुरा अहिले संविधान र कानूनसँग मेल खादैन ।त्यसकारण नियमावलीमा त्यसलाई व्यवस्था गर्न सकिँदैन् । अरु सबै समितिले भनेको व्यवस्था हुन्छ । खाली ऐनलाई सरलीकृतमात्रै गरिएको छ अहिले । पहिला अंगिकृत नागरिकता लिन निस्सा चाहिन्थ्यो अहिले अहिले स्वघोषणा भए पुग्छ ।’


गृहमन्त्री श्रेष्ठले ऐनमा नेपाली महिला र विदेशी नागरिकबाट भएका सन्तानले नेपालमै बस्छु भनेमा उसलाई आमाको नामबाट अंगीकृत नागरिकता सरल रुपमा प्रदान गर्ने र त्यस्मा लामो समयबाट धेरै छलफल र बहस हुँदै आएकाले समस्या नहुने धारणा राखे । त्यस्तै उनले नेपाल नागरिकता ऐन जारी भएपछि ठूलो संख्यामा जन्ससिद्धको सन्तानले नागरिकता लिनको लागि आवेदन दिएकाले लामो लाइन कुर्नुपर्ने परिस्थिति आएकाप्रति ध्यानाकर्षण भएको बताए ।

सकेसम्म सहज र छोटो समयमा उनीहरुलाई नागरिकता प्रदान गर्न सरकारले पहल गर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *