आज प्रतिनिधि सभाको बैठक बस्दै

Sharing is caring!

साउन २४, २०८० । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै आएको छ ।

मंगलबारको बैठक दलीय प्रतिनिधित्वका नेताहरूले धारणा राखेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा त्यस विषयमा सरकारको धारणा राखेका थिए ।तर, उपप्रधानमन्त्री श्रेष्ठले उच्चस्तरीय समिति गठनको प्रतिवद्धता नजनाएको भन्दै एमालेले बैठक अवरुद्ध गरेपछि आज दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी एमालेले संसद बैठक अवरुद्ध नगरे सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची छन् ।

त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका प्रतिनिधिसभा सदस्य टोप बहादुर रायमाझीको पद निलम्वनको सूचना, संसदीय समिति हेरफेरसहितको सात सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैबीच राष्ट्रिय सभाको बैठक पनि बोलाईएको छ । राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्राप्त दुई छुट्टाछुट्टै पत्रको व्यहोरा पढेर राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदनलाई जानकारी गराउनेछन् । यस्तै,संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन २०८० को प्रतिवेदन पनि सभामा पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

विपक्षी एमालेका कारण प्रतिनिधिसभाको बैठक साउन १० गते देखि सूचारु हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *