तिनै तहका सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ : नेता सिंह

Sharing is caring!

कात्तिक २४, २०८० । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले जनताको अपेक्षा अनुसार काम गर्न तिनै तहका सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताएका छन् ।

जनआन्दोलन २०४६ का सर्वोच्च नेता गणेशमान सिंहको १०९ औं जन्मजयान्तीको अवसरमा आज उनले संविधान पूर्ण रुपमा लागू भई नसकेको भन्दै यसलाई लागू गर्न तिनै तहका सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने सुझाव दिएका हुन् ।

उनले भने, ‘यो जारी भएको संविधानलाई कुनै बहानामा यो ठीक भएन भन्दैमा केही असर पर्दैन । मुख्य कुरा के हो भन्दा जनताको अपेक्षा अनुसार काम गर्नुपर्यो, त्यो गर्नको लागि तिनै तहका सरकारलाई दिनुपर्ने अधिकार दिएर कानून बनाएर अगाडि बढ्नु पर्छ । संविधान पूर्ण रुपमा लागू त भएको छैन, यसमा कहाँबाट प्रश्न उठिरहेको छ । यसलाई छिटो लागू गर्नुपर्यो तिनै तहका सरकार अधिकार सम्पन्न गराउनु पर्यो ।’

यस्तै, उनले संविधानमाथि प्रहार गर्दै संसद विघटन हुँदा संसदलाई बचाउन गठबन्धन बनेको भन्दै यसमा केही परिवर्तन नहुने बताए । उनले भने, ‘नेपाली काङ्ग्रेको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार हुँदा, संसद विघटन गर्दा काङ्ग्रेस एक्लैको शक्ति नपुगेपछि अरु पार्टीसँग सहयोग लिएर गठबन्धन बनेर संसदलाई बचाएको हो । यो गठबन्धन त्यही समयदेखि समझदारीमा चलिआएको हो । यसमा केही परिर्वतन हुन्छ जस्तो लाग्दैन ।’

राजनीतिक उपलब्धिको संरक्षण, देश, अर्थतन्त्र र जनताको दैनिकी सहज हुने, काम गर्ने वातावरण बनाउने कुरामा गणेशमान सिंहले जोड दिएको कुरा अझै पनि विद्यमान रहेको पनि उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *