मधेशप्रति अन्याय हुने भएर उम्मेद्वारी फिर्ता लिँए : सांसद पराजुली

Sharing is caring!

भदौ ११, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले मधेशीप्रति अन्याय हुन सक्छ भन्ने महशुस भएर आफूले उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

सोमबार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिएर उनले जनमत पार्टीका सांसद अब्दुल खानलाई निर्विरोध गराएरपछि उनले मदेशी र सिमान्तकृत जनताप्रपति अन्याय हुन सक्ने महशुस भएर न्यायका लागि खानलाई निर्विरोध गराएको बताएका हुन् ।

उनले भने, हामीले निर्वाचनमा लड्र्दै गर्दा मदेशी जनताप्रति सिमान्तकृत जनताप्रति र तराई बासिप्रति मुस्लिम समुदायप्रति र अल्पङख्यकप्रति अन्याय हुन सक्छ भन्ने हामीले महशुस ग¥यौं र देशका प्रत्येक सिमान्तकृत वर्ग हाम्रो लागि त्यत्ति नै महत्वपूर्ण छ । सम्मान गछौं हातेमालो गछौं भन्ने सन्देश जाओस् भनेर सर्वसम्मत निर्वाचित गराएका हौं ।


उनले आफ्नो उम्मेद्वारी तराई मदेशको भरोसा बोकर आएको जनमत पार्टीसँग नभएको भन्दै निर्वाचनलाई चलायमान बनाउँन आफूहरुले उम्मेद्वारी दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *