ललिता निवास प्रकरणमा जुनसुकै पार्टीको संलग्नता भएपनि छाड्दैनौं : गृहमन्त्री

Sharing is caring!

साउन २३, २०८० । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतको आदेशले ललिता निवास प्रकरणमा थप अनुसन्धानको लागि आधार तयार गरेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा एमालेले उठाएको प्रश्नको जवाफ दिँदै उनले अनुसन्धान भइरहेको विषयमा अदालतको आदेशले झनै गम्भीर भएर अनुसन्धान गर्न प्रेरित गरेको बताए ।

हामीले अहिले अनुसन्धान प्रक्रिया पूरा गरेका छैनौं । हामीले अभियोजनको प्रक्रियालाई गइसकेका छैनौं । उनले भने, अहिले सिआईबीले अनुसन्धान गरिरहेको छ। हामीले स्वच्छ र निष्पक्ष ढंगले अनुसन्धान छ ।

अनुसन्धान प्रक्रियामा जे देखिन्छ त्यही अभियोजनको प्रक्रियामा लैजान सिआईबीलाई निर्देशन दिएको दाबी गरेका उनले को मान्छेलाई तान्ने कसलाई छुट दिने भन्ने नभई प्रमाणको आधारमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

माओवादी वा अन्य जनु पार्टीको भएपनि अनुसन्धानले दोषी देखिए कारवाही गरेरै छाड्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *