सत्तापक्षलाई ओलीको कटाक्ष, ‘माकुराको जालोमा भैंसी पर्दैन’

Sharing is caring!

भदौ ७, २०८० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले आफूलाई जालमा पार्न जाल बिछ्याउँदै हिँडेको टिप्पणी गरेका छन् । बिहीबार पार्टीेनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तापक्षले आफूलाई जालमा पार्न जाल बिछ्याउँदै हिँडेको भन्दै माकुराको जालोमा भैसी पर्दैन भन्दै व्यङग्य गरेका हुन् ।

उनले भने, मलाई थाहा छ विरोधीहरु छन् तिनीहरुले पाएसम्म सत्यका विरुद्ध काम गर्छन् । तिनीहरु हाम्रा विरुद्ध आइलाग्न सक्छन् । म सर्तक छु कानूनी रुपमा पनि कतै एक शब्द नचिप्लियोस् । मेरा काम कारबाहीहरु म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा गृहमन्त्री हुँदा मेरा काम कारवाहीहरु एक शव्द नचिप्लियोस् भनेर मैले कानून पल्टाइ पल्टाइ फैसला गर्ने गरेको छु । त्यसकारण यिनीहरुको को इच्छाले केपी ओलीलाई फसाउन माकुराको जालोमा भैसी पर्दैन भन्ने कुरा यीनिहरुले बुझ्नुपर्छ ।

उनले झुटैमा जाने हो भने कानूनले आmिूलाई हत्कडी लगाउनसक्ने कुनै ठाउँ नराखेको दाबी गरे । उनले भने, झुटैमा जाने हो भने तर कानूनले केपी ओलीलाई हत्कडी लगाउनसक्ने कुनै ठाउँ केपी ओलीले राख्दै राख्दैन । राखेकै छैन । किनकी केपी ओली ढुक्कले भन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *