परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

Sharing is caring!

वैशाख २३, २०८१ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री खामिखावा योकोबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

मन्त्रालयमा आइतबार मन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल र जापानी विदेशमन्त्री योकेको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री श्रेष्ठले यो भ्रमणमा कुनै सम्झौताको अवधारणा नभएको भन्दै दुई देश बीचको सम्बन्धलाई अझ विस्तार गर्ने बारेमा मात्र छलफल भएको बताए ।

उनले भने, ‘हाम्रो निमन्त्रणामा जापानको विदेश मन्त्री नेपालको भ्रमणमा आउनुभएको छ । यो उहाँको औपचारिक सद्भावना भ्रमण हो । हामीले जापानलाई पुरानो असल मित्रको रुपमा र विकास साझेदारको रुपमा लिएका छौ । त्यसकारणले हाम्रो सम्बन्धलाई अझ विस्तार गर्ने बारेमा सबै पक्षहरुमा छलफल भएको छ । यो भ्रमणमा कुनै सम्झौताको अवधारणा छैन । हामीले दुईपक्षीय सम्बन्धहरुलाई अझ दह्रो कसरी बनाउने भन्ने बारेमा छलफल भएको छ ।’

योकोले प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गर्नेछिन् । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले सम्मानमा दिने रात्रिभोजपछि विदेशमन्त्री योकेको जापान फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *