सदनमा १ जना पनि मन्त्री नआएपछि एमालेको आपत्ती

Sharing is caring!

भदौ ७, २०८० । नेकपा एमालले प्रतिनिधि सभाको बैठकमा सरकारको उपस्थिति नभएको भन्दै आपत्ति जनाएको छ ।

एमाले सांसद सुर्य थापाले २५ जनाको मन्त्री मण्डलका एक जना सदस्य समेत सदनमा उपस्थित नभएको भन्दै आपत्ति जनाए । थापाले सरकार हराएको भन्दै खोजी गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, यो सरकार हरायो सभामुख महोदय सरकारको खोजि गरि पाउ , मन्त्रीहरु बेगर यो सदनको कारबाही अगाडी बढ्न सक्दैन् । प्रधानमन्त्री र २५ जना मन्त्रीहरु मध्य १ जाना पनि यहाँ हुनुहुन्न । यो घनघोर अन्याय हो । यो सदनको अपमान हो ।

सदनमा १ जना पनि मन्त्री नहुनु सदनको अपमान भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *