बजेट र नीति कार्यक्रममा सूचना र प्रविधिलाई उच्च प्राथमिकता: मन्त्री शर्मा

Sharing is caring!

वैशाख २८, २०८१ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसपटकको बजेट र नीति कार्यक्रममा प्रविधिलाई उच्च प्राथमिकतामका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

शुक्रबार आईसीटी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सूचना र प्रविधिको क्षेत्रलाई प्रमोट गरेर अगाडि बढ्ने हो भने युवाहरु विदेश जान नपर्ने भन्दै यसपालीको बजेटमा प्रविधिको विकास प्राथमिकतामा रहने बताइन् ।

उनले भनिन्, ‘अहिलेको बजेटको मुख्य थिम भनेको कृषिलाई आधार बनाउनुपर्छ र सूचना र प्रविधि फ्रन्ट लाइनमा राखेर बजेटको निमार्ण गर्नुपर्छ भनेर प्रधानमन्त्रीलगायत सबैले भनिरहेका छन् । सूचना र प्रविधिको क्षेत्रलाई देशले नीति, नियम कानूनलगायत यो क्षेत्रलाई प्रमोट गरेर अगाडि बढ्न सक्ने अवस्था बन्यो भने हाम्रा युवाहरु विदेश जानुपर्ने छैन् । यसपटकको बजेट र नीति कार्यक्रममा हामीले यसलाई उच्च प्राथमिकतामका साथ अगाडि बढाउने प्रतिबद्धता गरेका छौ ।’

उनले दूरसञ्चार ऐन २०५३ को पुरानो कानूनबाट चल्न बाध्य भएको भन्दै त्यसको समग्र विकासको लागि नीति नियम कानून निर्माणको पहल अगाडि बढाउने बताइन् ।

उनले भनिन्, ‘हामीसँग दूरसञ्चार ऐन २०५३ छ तर अहिलेको अवस्था फरक छ । हामी पुरानो कानूनबाट चल्न हामी बाध्य छौ । सूचना र प्रविधिमा जसरी विकास भएको छ त्यसको समग्र विकासको लागि नीति, नियम, कानून राज्यले लिुनपर्ने प्राथमिकतालाई अगाडि बढाएर जानुपर्छ भन्ने मान्यता छ र यसमा हामीले अहिले पहल पनि गर्दैछौं ।’

सूचना र प्रविधिको व्यापक प्रयोगबाट देशको अर्थतन्त्रको विकास सम्भव भएपनि प्रयाप्त कानून र नीति नहुँदा पछाडि परिएको उनको भनाई छ ।

उनले नेपालले आइसिटीलाई अति आवश्यक वस्तुको रुपमा स्विकार गरेको भन्दै त्यो अनुरुपको बजेट र नीति कार्यक्रम ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *