राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्ता गर्ने आयोगको तयारी

Sharing is caring!

कात्तिक १५, २०८० । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो साता गर्ने तयारी थालिएको जनाएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्तासम्ममा गर्नेगरी तयारी भईरहेको जानकारी दिएका हुन् ।
गामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्तासम्ममा निर्वाचन गर्ने गरी तयारी थालिएको उनको भनाई छ ।

‘आगामी फागुन २१ गते रिक्त हुन आउने एकतिहाइ, यो चोटी १९ जना पर्नुभएको छ । रिक्त चाहिँ २० वटै हुँदैछ तर निर्वाचन चाहिँ १९ वटा पदको निर्वाचन हामी माघको दोस्रो हप्ता सम्पन्न गर्नेगरी आवश्यक तयारी गरेका छौँ ।’ उनले भने ‘मिति नेपाल सरकारले तोक्नुपर्ने भएको हुनाले आयोग तयारी अवस्थामा छ । सम्भवतः माघको १०, ११, १२ भित्रमा कुनै उपयुक्त समयमा हामी यो राष्ट्रिय सभाको रिक्त हुने १९ वटा पदको निर्वाचन गर्छौं ।’

यस्तै, उनले प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा सदस्य १ र स्थानीय तहका २४ विभिन्न पदहरुमा उपनिर्वाचन वैशाखमा गर्ने गरी तयारी गरिएको गरिएको उनको भनाई छ । प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा सदस्य १ र स्थानीय तहका २४ विभिन्न पदहरुमा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ । त्यसको निम्ति पनि हामी अनौपचारिक रुपमा छलफलमै छौँ तर आयोगले पनि सबै हेरेर गनुपर्ने भएको हुनाले राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि आउँदो वैशाखतिर त्यो निर्वाचन गर्दा उपयुक्त हुन्छ भन्ने आयोगले अनौपचारिक परामर्श दिएको छ । यसको पनि आवश्यक तयारी भइरहेको छ । उनले भने ।

सर्वोच्च अदालतको आदेशलगायतका आधारमा र राजनीतिक दलहरुसँग कै परामर्शबाट विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्ने सन्दर्भमा पनि अर्को विधि तयार गरिएको उनको भनाई छ ।
‘सर्वोच्च अदालतको आदेशलगायतका आधारमा र राजनीतिक दलहरुसँग कै परामर्शबाट विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्ने सन्दर्भमा पनि अर्को कार्य विधि तयार गरेका छौँ ।’ उनले भने, ‘अहिलेको मौजुदा कानूनभित्रै बसेर हामी मतदाता नामावली तयार गर्न सक्छौ तर विदेशबाटै मतदान दिने गरी व्यवस्था गर्न सक्दैनौ त्यसको लागि नयाँ कानून पनि अगाडि बढाई सकेको अवस्था छ । यसै आर्थिक वर्षदेखि नेपाल सरकारसँग समन्वय गरेर यो प्रक्रियालाई पनि अगाडि बढाउँछौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *