बलात्कारीलाई फास्ट ट्रयाकबाट कारबाही गर्न कानुन बनाउनुपर्नेमा जोड

Sharing is caring!

फागुन २४, २०७५ । राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि पर्याप्त नभएको तर्क गरिन् ।

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उनले भनिन्, ‘आरक्षण र ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै चौधरीले स्थानीय निकायमा प्रमुख जति सबै पुरुष उपप्रमुखजति महिलालाई दिइएको गुनासो गरिन् ।’

चौधरीले पनि निर्मलाका बलात्कारीलाई सरकारले नै लुकाएको आरोप लगाइन् । “निर्मला पन्तको हत्यारा पत्ता लागिसेकेको छ । तर सरकारले लुकाएको छ । गरिब र निमुखालाई मात्रै नियम लाग्ने हो ?” चौधरीले भनिन् ।

बलात्कारीलाई फास्ट ट्रयाकबाट कारबाही गर्ने व्यवस्थासहितको कानुन बनाउनुपर्नेमा चौधरीको जोड छ ।

चौधरीले समाजमा मात्रै नभै संसदमा पनि महिला हिंसा हुने गरेको उनले बताइन् । बजेट वितरणमा महिला सांसदलाई विभेद गरिएको उनको गुनासो थियो । चुनावकै बेला समानुपातिकतर्फ राख्ने अनि बजेट दिने बेलामा प्रत्यक्षतर्फका सांसदलाई धेरै दिने गरिएको उनको आरोप थियो ।

“संसदमा महिलालाई शोपिस बनाइयो । अब हामीलाई समानुपातिकबाट ल्याउनुपर्दैन । प्रत्यक्षमा चुनाव लड्न तयार छौँ ।” उनले भनिन् ।

उनले मिडियाले पनि महिलाको आवाजलाई कम महत्व दिएको आरोप लगाइन् । “हामीले बोलेका कुरा किन महत्वपूर्ण मानिदैन ? पुरुष नेताले बोलेका कुरा मात्रै हाइलाइट गरिन्छ ।” उनले गुनासो गरिन् ।

चौधरीले नेपालमा भएका भ्रष्टाचारका अधिकांश घटनामा पुरुषहरु नै संलग्न रहेको आरोप लगाइन् । जुन निकायमा पनि पुरुष नै प्रमुख भएकाले भ्रष्टाचार बढेको उल्लेख गर्दै उनले महिलाको भूमिका प्रभावकारी भएको ठाउँमा भ्रष्टाचार नभएको दावी गरिन् ।

आफूहरु प्रधानमन्त्री बनेर देश संचालन गर्नसमेत योग्य भएको उनले बताईन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *