नेपाली राजनीति इतिहासकै नाजुक अवस्थामा छ : नेता कोइराला

Sharing is caring!

साउन ४, २०८० । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले नेपालको राजनीतिक अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिएको बताएका छन् । ‘सायरेम्मा राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ नामक पुस्तक लोकापर्ण कार्यक्रममा उनले नेपालको राजनीतिमा लोक रिजाई गर्ने प्रवृत्ति बढ्दै गएको हुनाले नेपालको राजनीतिक परिस्थिति अत्यन्तै नाजूक भएको बताए ।

‘अहिले नेपालमा पनि लोक रिजाईको कुराले गर्दा नेताहरुले, हाम्रो पार्टीको नेताहरुमा पनि छ, सबै पार्टीमा छ यसले् गर्दा हामी जस्तो मानिसहरु अलमलमा परिरहेको देख्छु ।’ उनले भने ‘यसमा उसले आफूलाई यसरी प्रस्तुत गरेको हुन्छ, उनिहरुले बोलेको कुरा सत्य हो भन्ने कुरा जनतालाई लाग्न थाल्छ । त्यसले भोलिका दिन देशको निम्ति घातक हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । नेपालको राजनीतिक परिस्थिति अत्यन्तै नाजूक परिस्थितिबाट गएको छ, त्यो लोक रिजाईको हिसाबले पनि होला, लोकतन्त्रलाई बद्नाम गर्ने हिसाबले पनि गरिरहेका हुन्छन् ।’

उनले लोक रिजाईको प्रवृत्तिबाट समाजको कुनैपनि क्षेत्र अछुतो नभएको भन्दै यसमा लोकतन्त्रवादीहरुले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृति कुनै क्षेत्र पनि अछुतो देखिदैँन्, यस्तो बेला हामी लोकतन्त्रवादीहरुले भ्रष्टाचारको अन्त्य गर्न कुराहरु बुझ्न जरुरी छ र त्यसलाई अमन गरेर अगाडि बढ्नै पर्छ । ’
उनले पुस्तक लेखकलाई राजनीतिलाई पनि पुस्तक सँगसँगै लिएर अगाडि बढ्नु पर्ने भन्दै यसबाट नेपाली काङ्ग्रेस लगायत सबैलाई राम्रो हुने बताए ।

‘सायरेम्मा राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ भन्ने पुस्तक राष्ट्रवाद, देशप्रेमको विषयमा भएको हुदाँ सबैले पढ्न आवश्यक भएको पनि उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *