फिफा : विश्व वरीयतामा नेपालको यथावत

Sharing is caring!

साउन ४, २०८० । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ विश्व वरीयतामा नेपाल पूर्ववत रहेको छ ।
फिफाले बिहीबार निकालेको नयाँ वरीयता अनुसार नेपाल १७५ औं स्थानमा रहेको छ । नेपाल अघिल्लो महिनामा १७५ औं स्थानमै रहेको थियो ।

दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । ९९ औं स्थानमा रहेको भारत नेपाल भन्दा अघि रहेको स्थानमा छ । १५५ औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ ।

यस्तै नेपालपछि भुटान १८५ औं स्थानमा रहदा बंगलादेश १८९ औं स्थानमा छ । भने पाकिस्तान २०१ औं स्थानमा रहदा श्रीलंका २०४ औं स्थानमा छ ।

वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना यथावत रहेको छ । विश्व वरीयताको दोस्रो स्थान फ्रान्स र तेस्रो स्थानमा ब्राजिल छन् भने इंग्ल्यान्ड चौंथो र बेल्जियम पाँचौं स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *