अवैध भित्रिएको सुन जोख्दा १५५ केजि

Sharing is caring!

साउन ४, २०८० । नेपाल राष्ट्र बैंकले अवैध रुपमा भित्रिएको सुन जोख्दा १५५ केजि पाइएको छ । बिहीबार राजस्व अनुसन्धान विभागले लगेको पोकासहितको सुन जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाले जनाएको छ ।

त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुने महाशाखाले जनाएको छ । अहिले केन्द्रिय बैंकले सुनको पोका जोखेर राखिसकेको छ ।

पोकाभित्र रहेको वास्तविक सुन कति हो भन्नको लागि राजस्व अनुसन्धान विभागले केन्द्रिय बैंकलाई लेखी पठाउनुपर्नेछ । जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको सुन ढुकुटीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *