तातोपानी नाका चाँडै खुल्छ: पूर्वमन्त्री अग्नि सापकोटा

Sharing is caring!

बैशाख ८, २०७६ । समृद्ध लिस्तीकोट निर्माण अभियान उग्रचण्डी भगवति गुरुयोजना सार्वजनिक गरिएको छ ।
लिस्तीमाई गुठी सेवा समिति भोटेकोशी गाँउपालिका–१ सिन्धुपाल्चोकले आईतवार राजधानीमा एक कार्यक्रम गरि  गुरुयोजना सार्वजनिक गरिएको हो ।

सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिका वडा नम्बर–१ मा अवस्थित् लिस्तीकोट धार्मिक, ऐतिहाँसिक, पुरातात्विक र सांस्कृतिक दृष्टिकोणले जिल्लाकै एक महत्वपुर्ण स्थल हो । लिस्तीकोट क्षेत्रमा रहेको उग्रचण्डी लिस्तीमाई भगवती मन्दिरलाई केन्द्रमा राखेर यस भेगकै सम्पुर्ण धार्मिक ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुलाई समेटेर नेपालकै एक नमुना पर्यटकीय स्थल निर्माण गर्ने पवित्र उद्देश्यकासाथ उग्रचण्डी भगवती गुरुयोजनाको निर्माण गरिएको आयोजकको दाबी रहेको छ ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा प्रतिनिधिसभा सिन्धुपाल्चोक क्षेत्र नम्बर एकका सांसद् अग्नि सापकोटाले सार्वजनिक गरिएको गुरुयोजना अग्रगामी विकासको प्रारुप रहेको बताएका छन । कृषि विकास नै नेपालको विकासको आधार भएपनि धार्मिकस्थल तथा पर्यटकीय स्थलको पनि प्रमुख भुमिका रहने भन्दै उनले सिन्धुपाल्चोक एक ऐतिहाँसिक जिल्ला भएको स्मरण गराए ।

लिस्तीकोट बिकासका लागि असिमित सम्भावना बोकेको क्षेत्र रहेको बताउदै उनले भुकम्पपछि बन्द रहेको तातोपानी नाका चाँडै नै खुल्नेसमेत जानकारी गराएका छन ।

चिनियाँ सरकार तातोपानी नाकालाई भू–गोलको कारण देखाउदै बन्द गर्ने मनस्थितिमा पुगेपनि आफ्नो पार्टीको सहकार्यमा उक्त नाका खुलाउन आफुहरु सफल भएकोपनि उनको दाबी रहेको थियो । आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणको अवसरमा राष्ट्रपति सि जिङपिङसंगको वार्ताको माध्यमबाट आफुहरु सो मार्ग खोल्न सफल भएको उनले जानकारी गराए ।

करोडौं राजस्व उठने तथा नेपाल र चीन जोड्ने नाकाको हिसाबले सिन्धुपाल्चोकले गर्विलो ईतिहाँस बोकेको उनको भनाई थियो । आफहरुले चुनावको समयमा जनतासंग गरेका बाचाहरु पुरा गर्दे गरेको जानकारी गराउदै उनले चीनतर्फ निर्माणको कार्य सम्पन्न हुने अवस्थामा रहेपनि नेपालतिर भने आशातित कार्य हुन नसकेको गुनासो पोखे ।

समृद्धिको पहिलो पाईलाअनुरुप नै यो गुरुयोजनाको निर्माण भएको बताउदै उनले लिस्तीकोट निकै नै पर्यटकीय सम्भावना बोकेको क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको जिकिर गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *