शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस

Sharing is caring!

साउन ४, २०८० । अनेरास्ववियू क्रान्तिकारी नेपाल समाजवादी विद्यार्थी यूनियनले संघीय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दैै सडक बहस गरेको छ ।

बिहीबार काठमाडौंको माईतीघर मण्डलामा आयोजित सडक बहसमा सहभागीले संघीय शिक्षा ऐन तत्काल जारी गर, विश्वविद्यालयहरुमा शैक्षिक क्यालेण्डर लागु गर , उच्च स्थरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर लगाएतका प्ले कार्डहरु प्रद्धर्शन गरी सडक बसह गरेका थिए ।

कार्यक्रममा युवा नेत्री मानुषी यामी भट्टराईले, अहिलेको शिक्षाको अवस्था अलपत्र परेको संघीयता जस्तै रहेको तर्क गरिन् । उनले भनिन्, ‘अलपत्र परेको संघियता जस्तो छ त्यस्तै शिक्षा ऐन पनि अलपत्र प¥यो भने त्यसको जिम्मा कसले लिन्छ ? अब विद्यार्थी साथिहरुले शिक्षा ऐन ल्याउने मात्र होईन कि गुणस्तर सँग जोडिएको ऐन ल्याउँने कुरामा वसह गर्नुपर्छ भन्ने मेरो अनुरोध छ ।’

शिक्षा ऐनसंगै विश्वविद्यालय ऐनलाई पनि ध्यान दिन उनको सरकारलाई अनुरोध छ । ‘हामीले संघीय शिक्षा ऐनसँगै विश्वविद्यालयसँग सम्बन्धीत ऐनलाई पनि ध्यानपूर्वक नियाल्नु पर्छ । सँगै क्याविनेटमा गएको प्रस्तावमा नीजि विश्वविद्यालयहरु ऐन सरासर अगाडि बढ्छ । सांसदहरु पनि खुसी हुन्छन् त्यसको लागि तर संघीय शिक्षा ऐन यत्रो वर्ष अलपत्र पर्दा कसैले मतलब गरेन’

Leave a Reply

Your email address will not be published. Required fields are marked *