डलर स्थिर,पाउण्ड र युरोको भाउमा लगातार गिरावट

Sharing is caring!

वैशाख २०, २०८१ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर बुधबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसामा कारोबार भैरहेको छ ।

त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसामा झरेको । बुधबार युरो एकको खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४७ पैसामा कारोबार हुँदा मंगलबार युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसा पुगेको थियो । युरो लगातार घट्दै आएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २० पैसा र बिक्री दर १६६ रुपैयाँ ९५ पैसा रहेको छ । बुधबार पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ १० पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसामा कारोबार भएकोमा मंगलबार पाउण्डको खरिद दर १७६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६७ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *