सुनको मूल्यमा सामान्य गिरावट

Sharing is caring!

भदौ १०, २०७६ । पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा स्थानीय बजारमा सामान्य गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार, मंगलबारछापावाल सुनको मूल्यमा रु. ९०० ले गिरावट आई प्रतितोला रु. ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला रु. ९०० का दरले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु. ७२ हजार ३०० कायम भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला रु. ७३ हजार २०० पुगेको थियो । सुनको मूल्य केही घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । स्थानीय बजारमा चाँदी प्रतितोला रु. ८६० मा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *