एनसेल सिईओलाई अर्थ समितिमा बोलाउन डा. वाग्लेको माग

Sharing is caring!

मंसिर २०, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले एनसेलका प्रमुख कार्यकारी अधिकृतलाई नै अर्थ समितिमा छलफलका लागि बोलाउन माग गरेका छन् ।

बुधबारको संसदको अर्थ समिति बैठकमा डाक्टर वाग्लेले, एनसेल बिक्रीले, आर्थिक कुशासन र लगानी विकर्षणबारे नीतिगत समिक्षा आवश्यक भएको भन्दै छलफलका लागि बोलाउन माग गरे ।

उनले भने ‘एनसेलको बिक्रीले, उजागर गरेका आर्थिक कुशासन र लगानी विकर्षणबारे एउटा वृहद नीतिगत समिक्षा अब आवश्यक भएको छ र यहाँलाई मैले विनम्र अनुरोध गरेको छु । आक्जियाटा कम्पनीको सिईओलाई नै किन अर्थ समितिले पत्र काटोस् । त्यसको लागि के कस्तो सहयोग गर्नुपर्छ हामी तयार छौं ।’

त्यस्तै उनले एनसेल बिक्रीलाई भ्रष्टाचारको रामायण काण्डको उपमा दिए । ‘भ्रष्टाचारको रामायण काण्डहरुको चै नेपालमा एकपछि अर्को पर्दापण भईरहेका छन् । त्यो देखिरहेका छौं । नक्कली शरणार्थी काण्ड, सुन काण्ड, स्कट मार्केट काण्ड, हुँदै आज हामी एनसेल काण्डसम्म आईपुगेका छौं ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *