सेयर बजारमा ६ अर्बभन्दा बढीको कारोबार

Sharing is caring!

पुस २४, २०८० । सेयर बजार कारोबार बढेको छ । मंगलबार नेप्से परिसूचक २०.६२ विन्दुले बढेर २०८०.१२ अंकमा आएको छ । ६ अर्ब ११ करोड रुपैयाँ ८३ लाखको सेयर कारोबार भएको छ ।

१३ मध्ये १० समूहका सूचक बढेका छन् । जलविद्युत, उत्पादनमूलक र म्युचुअल फण्डबाहेकका समूहले उपसूचक बढाएका हुन् । विकास बैंक उपसमूह सर्वाधिक ५.२१ अंकले बढेको छ । मंगलबार ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

कारोबारका आधारमा आज पनि सोनापुर मिनरल्स सबैभन्दा अगाडि रह्यो । उक्त कम्पनीको २१ करोड ४९ लाख ४५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा रहेको निफ्राको १९ करोड ७३ लाख र तेस्रोमा सोल्टी होटल लिमिटेडको १७ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार रकम बढ्दा नेप्से परिसूचक पनि उकालो लागेको हो । बढेको बजारमा १६५ कम्पनीका सेयर लगानीकर्ताले कमाएका छन् । कर्णाली र सिन्धु विकास बैंकसँगै ११ कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *