महाकाली र पञ्चेश्वर परियोजना एक महिनाभित्रै

Sharing is caring!

पुस २४, २०८० । परराष्ट्रमन्त्री एनपी साउदले भारतसँग पञ्चेश्वर आयोजनाको काम एक महिनाभित्र सुरु गर्ने सहमतिको भइसकेको बताएका छन् ।

मंगलबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा उनले नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकको माइन्यूटमा आयोजनाको काम एक महिनाभित्रै सुरु गर्ने सहमति भएको बताएaका हुन् ।

मन्त्री साउदले भने, ‘संयुक्त आयोगको बैठकमा महाकाली र पञ्चेश्वर आयोजनालाई एक महिनाभित्र सहमति गरेर सुरु गर्ने भनेर माइन्यूटमा हस्ताक्षर गरिसकेका छौं ।’ ‘६ हजार मेगावटभन्दा बढी विद्युत क्षमता राख्ने महाकाली सिँचाईं परियोजना एउटा मेगा आयोजना हो । यो बनेपछि यहाँ रोजगारीको पनि सिर्जना हुनेछ । र, भारतमा निर्यातका लागि १० वर्षभित्र १० हजार मेगावट विद्युत प्रतिवर्ष दिने गरेर सहमति भएको छ । त्यसमा हाम्रो हिस्साको ३ हजार मेगावट विद्युत हामीले भारतमा बेच्न पायौं भने अर्थतन्त्रमा पनि सुधार हुनेछ,’ मन्त्री साउदले भने ।

उनले पञ्चेश्वर परियोजनामा भारत र नेपालका प्रधानमन्त्रीबीच छलफल भएको र अहिले प्राविधिक टोलीले यसमा काम गरिरहेको जानकारी दिए । साथै उनले इजरायल–हमास द्धन्द्वका कारण विद्रोही समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका युवक विपिन जोशीलाई रिहाइको पहल कतार सरकारसँग निरन्तर जारी राखेको बताए । उनले दोस्रो युद्धविरामको समयमा जोशीलाई रिहा गराउने कतार सरकारले आश्वासन दिएको जानकारी गराए ।

‘दोस्रो युद्धविरामको लागि अहिले गृहकार्य र छलफल भइरहेको छ । दोस्रो युद्धविरामको समयमा विपिन जोशीको रिहाइका लागि ठोस प्रहल गर्ने आश्वासन मलाई कतारबाट प्राप्त भएको छ,’ मन्त्री साउदले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *