सामान्य प्रशासन मन्त्रीमा अनितादेवी साह नियुक्त

Sharing is caring!

साउन २९, २०८० । जनमत पार्टीका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अनितादेवी साह नियुक्त भएकी छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई पद तथा गोपनीयता सपथ गराएका हुन् ।

मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट उदाएको जनमत पार्टी पछिल्लो नौ महिनामा दोस्रो पटक सरकारमा सहभागि हुँदैछ ।

पुष्पकमल दाहाल नेतृत्व सरकारमा पुसमा सहभागि भएको जनमत पार्टी चैतमा बाहिरिएको थियो । आफुले खोजेको उद्योग मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको जनमत चार पहिनापछि सरकारमा सहभागि हुने भएको हो ।
अनितालाई सरकारमा सहभागि गराउन माओवादी केन्द्रले पार्टी नेता अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको छ ।

तत्कालिन खानेपानी मन्त्री अब्दुल खानले आफूले पाएको खानेपानी मन्त्रालय प्रति असन्तुष्टि जनाउदै २०७९ चैतमा राजिनामा गरेका थिए । मन्त्रीमण्डल पुनगर्ठनमा प्रधानमन्त्रीले उनलाई पुन खानेपानीमै राखे पछि जनमत असन्तुष्ट भएको थियो । त्यति बेला जनमतले उद्योग या कृषि मन्त्रालय मागेको थियो ।

प्रधानमन्त्रीले जनमतलाई सुरुमा मागेको मन्त्रालय दिने आश्वासन दिएका थिए तर राष्ट्रपति कार्यालयमा नाम पठाउदा जनमतलाई पुन खानेपानीमै राखेका थिए । त्यसपछि जनमत असन्तुष्ट बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *