गिरीबन्धु जग्गा बिक्री ओलीकै पालामा भएको हो : सभापति देउवा

Share this news:

जेठ ३, २०८१ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको प्रष्ट पारेका छन् । उनले एमालेकै पालामा सो जग्गा बिक्री भएको भन्दै ओलीलाई आफ्नो पालामा गरेको निर्णयलाई हो भन्न किन नसकेको भनि उल्टो प्रश्न गरे ।

आज काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले केपी ओलीजस्तो नेताले गलत कुरा भन्न नसुहाउने बताए । अदालतले फैसला गरेपछि गिरीबन्धु टी–स्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे ।

‘नेपालको राजनीतिमा ओलीजीले अदालतको निर्णयपछि दिएको अभिव्यक्तिबारे चर्चा भइरहेको छ । गिरीबन्धु टी—स्टेटको आफू निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । यस्तो कुरा उहाँजस्तो नेताले भन्नु सुहाउँदैन । आफूले जग्गा बिक्री गरेको भन्न के आपत्ति उहाँलाई ?’ देउवाले थपे, ‘अदालतले उहाँलाई भनेको हो । उहाँ के भन्नुहुन्छ भने निर्णय कांग्रेसको पालामा भएको छ । हाम्रो पालमा निर्णय भएकै छैन ।’

देउवाले केपी ओली सरहको नेताले नभएको आरोप लगाउन नहुने बताउँदै कांग्रेसको पालामा निर्णय नभएको स्पष्ट पारे । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा कांग्रेसले गिरीबन्धु टी—स्टेटको जमिन कमिसनमा बेच्न दिएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *