सडक दुर्घटनाको क्षति कम गर्न सबैले भूमिका निर्वाह गर्नुपर्छः गृहमन्त्री श्रेष्ठ

Sharing is caring!

असोज १४, २०८० । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्न सबैले आफ्नो आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक भएको बताएका छन् ।

आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० को उदघा्टन समारोहमा उनले सडक व्यवस्थापन राम्रो नहुँदा सर्वसाधारणलाई सास्ती भएको बताए ।

‘सडक सुरक्षा सडकको गुणस्तर, क्षमता, सवारी साधनहरुको गुणस्तरीयता, चालकलगायत जनसमुदायको चेतना र आचरणमा निर्भर हुने गर्दछ । त्यसैले सबैले यसबारे सोचेर सडक दुर्घटनाबाट हुने क्षति कम गर्नुपर्ने आवश्यकता छ ।’

सुरक्षाका लागि बनाएका नीति नियमहरु पालना गर्नुपर्छ भन्दा ट्राफिक प्रहरीहरुलाई गाली गर्ने प्रवृत्ति र मानसिकता रहेको उनको भनाई छ ।

उनले चेतना स्तरलाई विकास गर्नुपर्ने र प्रहरी व्यवस्थापन र प्रभावकारी कामका लागि वैज्ञानिक प्रविधिको प्रयोग गर्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *