नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो २०५ रनको लक्ष्य

Sharing is caring!

वैशाख १५, २०८१ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो मैत्रिपूर्ण टी–२० प्रतियोगितामा नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले २०५ रनको लक्ष्य दिएको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित ओभरको खेल सकिँदा पाँच विकेटको क्षतिमा २०४ रनको योगफल बनायो । वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेजले सर्वाधिक रनको ७४ रनको पारि खेले । ४५ बलको सामना गरेका चेजले नौ चौका र दुई छक्कासहित ७४ रन बनाए ।

ओपनर एलिक अथानाजेले २५ बलमा पाँच चौका र तीन छक्कासहित ४७ रन बनाउँदा केसी कार्टीले ३८ रन, कडिम एलेयनेले १४ र एन्ड्रे फ्लेचेरले १३ रन जोडे ।

नेपालका कमलसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।
वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज नेपाली टिममा अनिलकुमार साह, विवेक यादव र कमलसिंह ऐरीले मौका पाएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *