रोसाको ब्रान्ड एम्बासेडरमा खेलाडी आर्यन रञ्जित नियुक्त

Sharing is caring!

साउन २६, २०८० । रोसा ट्राभल्स एन्ड टुर्स प्रालिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल कराते खेलाडी आर्यन रञ्जितलाई शुक्रबार ब्रान्ड एम्बासेडर नियुक्त गरेको छ ।

रोसाका प्रबन्ध निर्देशक सागर विष्टले आर्यनलाई ब्रान्ड एम्बासेडरको पत्र आर्यन अध्ययनरत क्यामेलिया स्कुलमा प्रिन्सिपल रुद्रमणि अधिकारीको उपस्थितिमा प्रदान गरे ।

रोसाले शुक्रबारबाट नै लागू हुने गरी दुई वर्षसम्मका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा आर्यन रञ्जित सहभागिता जनाउन जाँदा लाग्ने सम्पूर्ण हवाई शुल्क प्रायोजन गर्ने सम्झौता पत्र साथै नगद पुरष्कार प्रदान गर्ने छ । प्रबन्ध निर्देशक विष्टले खेलाडीलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *