क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य, डेब्यू खेलमा हेमन्तले लिए तीन विकेट

Sharing is caring!

माघ २९, २०८० । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला अन्तर्गत अन्तिम खेलमा नेपालले जितका लागि २३३ रनको लक्ष्य पाएको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो ।

उसका लागि नभनीत धलिवालले सर्वाधिक ५० रन बनाए ।

त्यस्तै, श्रीमन्था विजयरत्नले २२, श्रेयस मोभाले २९ र निखिल दत्तले ४५ रनको योगदान दिए ।

नेपालका लागि हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिए ।

क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितिसकेको नेपालले सिरिजमा क्लिस्विप गर्ने लक्ष्यसहित केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *