त्रिवि उपकुलपति नियुक्ति प्रक्रिया कानुन अनुसार

Sharing is caring!

माघ २९, २०८० । शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिको प्रक्रिया कानून संगत भएको बताएकी छिन् ।

सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको बैठकमा उनले उपकुलपतिको पदको नियुक्तिको लागि शिक्षा मन्त्रालयमा एउटा सिफारिस समिति गठन भएको भन्दै उक्त समितिले नियुक्तिको प्रक्रिया कानूनभित्र रहेर गरिरहेको बताईन् ।

उनले भनिन्, त्रिभुवन विश्वविद्यालयको आफ्नै ऐन छ र त्यही ऐनलाई टेकेर शिक्षा मन्त्रालयमा एउटा सिफारिस समिति गठन भएको छ । त्यो तीन सदस्य सिफारिस समिति हो, जसमा मन्त्रीको संयोजक, शिक्षा सचिव र त्रिभुवन विश्वविद्यालयका विभाग प्रमुख चन्द्रकला घिमिरे सदस्य रहेको छ । सिफारिस समितिले जुन प्रक्रिया अगाडि बढाएको छ, उपकुलपति नियुक्ति सम्बन्धमा त्यो प्रक्रिया एकदम कानून संगत छ ।’

यस्तै उनले लागि उपकुलपतिको पदको लागि जम्मा ४२ जना निवेदकहरुमध्ये १४ जना सर्टलिस्टमा राखेकाले अब अन्तर्वार्ता सुरु गर्ने जानकारी दिइन् ।

उनले भनिन्, ‘सिफारिस समितिले २०८०, पुष २३ गते माघ ८ गतेसम्मको लागि एउटा विज्ञापन निकालेको थियो । त्यसमा जम्मा ४३ जना निवेदकहरुले निवेदन हालेको छ । त्यसमध्ये एउटा निवेदन स्विकृत हुन सकेन् । ४२ वटा स्विकृत भएको छ । त्यसको छलफलपश्चात १४ जना सर्टलिस्टमा आयो, त्यसमा आजदेखि अन्तर्वार्ता सुरु हुन लागेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *